चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा पहिरो र ढुङ्गा खस्ने जोखिम बढेको छ । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम भए पनि ढुङ्गा खस्ने समस्या भने अझै रोकिएको छैन ।

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेले सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूला देखि साना ढुङ्गा झारिए पनि अझै सो क्षेत्रमा जोखिम पूर्णरुपमा हटि नसकेको बताउनु हुन्छ ।

यस्तै नाम्सी पुल क्षेत्रमा भित्तो काटिएले जलवीरेको एक सय मिटर जति क्षेत्र जोखिम रहेको इञ्जिनियर घिमिरे बताउनु हुन्छ । साथै तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ । साठ्ठी मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय