काठमाडौं । लगातारको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तरगत नारायणघाट–बुटवल सडक अवरुद्ध हुन पुगेको छ ।
सडक विस्तारको क्रममा रहेको यो सडकमा निरन्तरको वर्षाले सडकमा सवारीसाधन चिप्लिएपछि दाउन्ने क्षेत्रमा सवारी अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



गएरातिदेखि निरन्तर पानी परेपछि सडक हिलो हुँदा चिप्लो भएकोले यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकको प्रयोग गर्न पनि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले आग्रह गर्नुभएको छ ।



