वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट र प्रशासनको व्यवहारको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन्। अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार करिब ७० चिकित्सकमध्ये ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको छ। आन्दोलनस्वरूप नारायणी अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ।

यता नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। ओपीडी सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामी र आफन्त मर्कामा परेका छन्। संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, चिकित्सकको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न र आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

गत साउन ८ गते नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशव्यापी आन्दोलनलाई थप सशक्त बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय