रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ । बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी रंगशाला निर्माण गरिरहेको एक्स्ट्राटेक ओभल प्रा.लि.ले तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणाधिन क्रिकेट रंगशाला फागुन एक गतेबाट प्रतियोगिता खेलाउनका लागि तयार हुने जनाएको हो ।

प्रालिले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको र मैदानमा सात वटा पिच रहेको जनाएको छ । वैशाखसम्ममा मैदान निर्माण गर्ने लक्ष्य राखिएकोमा ४ महिना अगावै निर्माण हुने भएको हो । आगामी दशैँसम्ममा पेभेलियन, ड्रेसिङ रुप सहित रंगशालाको सम्पूर्ण काम पूरा हुने पनि प्रालिले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले मैदानमा धेरै भन्दा धेरै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता जनाए । क्रिकेट रंगशाला निर्माणमा ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म ५ करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय