काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । आज राति ८ बजे देखि भोलि बिहान ६ बजे सम्म जिल्लाका केहि स्थानमा भने कर्फ्यु यथावत रहने छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको हो ।
जिल्लामा समग्र शान्ति सुव्यबस्था कायम गर्न , सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले सबैलाइ अनुरोध पनि गरेको छ ।






