काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि राजनीतिक पूर्वाग्रह राखेर आक्रमण भएको आरोप लगाएको छ ।
पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि बसेको एकीकृत समाजवादीको बैठकले यस्तो टिप्पणी गरेको हो ।



बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसालले पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह राखेको बताउँदै राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने बताउनु भयो । भुसालले भ्रष्टाचार मुद्दा दर्ता भएको सञ्चारमाध्यमबाट जानकारी पाएको बताउँदै औपचारिक पत्र आएपछि मात्र अन्य प्रतिक्रिया दिने पनि बताउनुभयो ।



