काठमाडौं, २८ फागुन-  मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण नेपालमा खाना पकाउने ग्यासको आपूर्ति प्रभावमा परेको छ। कतिपय ग्यास डिपो बन्द छन् भने खुला डिपोमा उपभोक्ताहरू लामो लाइनमा उभिएका छन्। आज बिहान काठमाडौंको बालाजु क्षेत्रका डिपोहरूमा मानिसहरू खाली सिलिण्डर बोकेर लामो समय पर्खिरहेका थिए। केहीले मात्र ग्यास पाएका छन्, बाँकी उपभोक्ताहरू खाली हात फर्किनु परेको छ।

मध्यपूर्वमा जारी तनावले अमेरिका, इजरायल र इरानबीच द्वन्द्व बढाएको छ। यसले खाडी देशहरूमा ढुवानीमा असर पुर्याएको छ। विशेषगरी ‘स्ट्रेट अफ होर्मुज’ मार्गमा अवरोध आएपछि ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति विश्वव्यापी रूपमा प्रभावित भएको छ।

नेपालमा ग्यास र तेल भारतबाट आयात हुन्छ। तर भारतमा आपूर्ति घट्दा नेपालमा पनि प्रभाव परेको छ। नेपाल आयल निगमले आपूर्ति व्यवस्थित गर्ने प्रयास गरिरहे पनि हालसम्म समस्या पूरै समाधान भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय