नेपालमा गाँजालाई बैधानिकता दिन माग गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ । जडिबुटीका रुपमा गाँजाको ब्यापारलाई बैधानिकता दिन माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको हो । नेपाल गाँजा बैधानिक महाअभियान र नेपाल फर्मा ब्यवसायी संघले गाँजालाई बैधानिकता दिन माग गर्दै विभिन्न जिल्लामा अभियान सञ्चालन गर्नुका साथै सर्वोच्च अदालतमा रिट समेत दर्ता गरेको जनाएको छ ।
गाँजा बैधानिकता किसानको अधिकार हो भन्ने कुरा स्पष्ट हुनुपर्ने र गाँजाको फाइदा धेरै भएको गाँजाको तेल लुगा लगायतका बस्तु बनिरहेको हुदा यसलाई बैधानिकता दिनुपर्ने अभियानमा सहभागीको माग छ ।



गाँजाले बैधानिकता नपाएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनमा सहभागीको भनाइ छ । गाँजेको बैधानिकताको लागि सर्वोच्च अदालतमा रित २०७९ चैत २ गते दर्ता भइ ६ गते पहिलो पेशी मुद्दाले अग्राधिकार पाएको भएपनि अहिलेसम्म ५ पटक पेशी सरेको छ । नेपालबाट बर्षेनी २ अर्ब ९२ करोडका गाँजा बाट उत्पादित सामाग्री विदेश निर्यात हुने गरेको छ ।



