काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको ग्लोबल साउथ सम्बन्धि नयाँ अवधारणा र चीनको शासन पद्धतिबारे काठमाडौंमा विचार मन्थन भएको छ ।
फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञहरुले आ–आफ्नो धारणा राखेका थिए ।



कार्यक्रममा राष्ट्रपति सी को विश्वव्यापी शासन पद्वती र पहल, यसको प्रभाव र भर्खरै बदलिएको विश्व शक्ति संतुलनका बारेमा वक्ताहरुले धारणा राखेका थिए ।
राष्ट्रपति सी ले ‘ग्लोबल साउथ’ (विकासशील तथा उदाउँदा राष्ट्रहरूको समूह) लाई विश्व विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको महत्वपूर्ण शक्ति भनेर वर्णन गर्दै आएका छन् ।
क्लाउडका अध्यक्ष शोभित उप्रेती, अर्थशास्त्री डा. सुदन ओली, क्लाउडकी कार्यक्रम संयोजक मनिषा श्रेष्ठ, भुटानका पूर्वमन्त्री कर्मा दोर्जी, बंगलादेशका नेता. डा. बेलाल होसिन, भारतकी विदेश मामिला विज्ञ एवम प्राध्यापक डा. रेणु रानाले धारणाले राखेका थिए ।



