काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि नगर समितिका सचिव राजेन्द्र महर्जन दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ । आज सतुंगलबाट कालिमाटी जाँदै गर्दा उहाँ सवार बा. प्रदेश ०२, ०२२ प, ३२७२ नम्बरको मोटरसाइकललाई बा. १८ च ८०२५ नम्बरको प्राइभेट कारले ठक्कर दिएको थियो ।

घटनामा महर्जनको दायाँ खुट्टा, हात र शरीरका केही भागमा गम्भीर चोट लागेको छ । उहाँको उपचारको लागि ट्रमा अस्पताल लगिए पनि त्यहाँ सम्भव नभएपछि ट्रमा अस्पतालले ग्वार्कोस्थित वी एण्ड वी अस्पताल रिफर गरेको थियो । महर्जनको उपचार अहिले बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । उहाँ अहिले खतरा मुक्त रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

घटना आज विहान लगभग ५ बजे तिर रविभवनमा भएको थियो । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय