काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटमा नेपालसँग मलेसिया ८४ रनले पराजीत भएको छ ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलव ५ ओभरमा ९९ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रनको योगदान दिए भने अन्य ब्याटर भने सस्तैमा समेटिए । नेपालका सन्तोष यादवले २, अभिषेक तिवारीले ३, अशोक धामीले ४ र कीर्तिक कामतले एक विकेट लिए । यसअघि बांगीस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ३३ दशमलव ४ ओभरमा १ सय ८३ रन बनाएर अलआउट भएको थियो ।



बुधबारको खेलमा थाईल्यान्डलाई हराउँदै सेमीफाइनलमा स्थान बनाइसकेको नेपाल आजको जीतसँगै समूह विजेता बनेको हो । थाईल्यान्डलाई पराजीत गरेर सेमीफाइनलमा पुगेको मलेसिया समूह उपविजेता बनेको छ ।



