काठमाडौं । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले १४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशन हुने भएको छ । कार्यसमिति बैठकको निर्णयअनुसार २०८२ माघ १८ र १९ गते काठमाडौंमा आयोजना गर्न लागिएको हो ।

सभामा समितिको वार्षिक गतिविधि, आर्थिक आय–व्यय विवरण तथा भावी कार्यदिशामाथि विस्तृत छलफल हुने समितिले जनाएको छ । यस्तै, अघिल्लो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक विवरण पारित, व्यवसायीहरूले भोग्दै आएका समस्या, चुनौती र समाधानका उपायबारे छलफल गर्ने कार्यसूची रहेको पनि समितिले जनाएको छ ।
त्यसैगरी सरकारसँगको समन्वय, नीति–नियम, कर प्रणाली, यातायात व्यवस्थापन तथा ट्रिपर–ट्रक व्यवसायीहरूको हक–हित संरक्षणका विषयमा आवश्यक रणनीति तय गरिनेछ । आगामी कार्यकालका लागि कार्ययोजना तथा कार्यक्रम पनि सभाबाट अनुमोदन गरिने जनाइएको छ ।

वार्षिक साधारण सभासँगै समितिको विधानअनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनसमेत हुनेछ । समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा कार्यसमिति सदस्यहरू चयन हुनेछन् ।

समितिले सम्पूर्ण सदस्य तथा व्यवसायीहरुलाई  साधारण सभामा अनिवार्य उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ । प्रतिनिधि व्यवस्थापन तथा पदाधिकारी चयनसम्बन्धी विस्तृत विवरण समितिको आधिकारिक सूचना, सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चार माध्यममार्फत् सार्वजनिक गरिने समितिले जनाएको छ ।

कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नंं ११ सतुंगलस्थित ह्वाइट दरबार पार्टी प्यालेसमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय