काठमाडौं । नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गर्नुभएको थियो भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गर्नुभएको थियो ।

बैठकमा नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण र मर्मतसम्भारकासँग सम्बन्धित संयन्त्रका कामलाई अझ प्रभावकारी बनाउन सर्वेक्षण र नक्सांकनमा नयाँ प्रविधि अपनाउने सहमति भएको छ ।

बैठक पछि सहमतिपत्रमा हस्ताक्षर गर्दै दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा र सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा गर्ने सहमति जनाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो । यसलाई सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मत र अन्य प्राविधिक कार्यहरू गर्ने कार्यादेश छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय