काठमाडौ । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद र १ लाख क्षतिपूर्तिको सजाय सुनाइएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा लागेका पत्रकार भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिका साथै १० हजार जरिवानासमेत हुने फैसला गरेको हो ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले भण्डारीलाई उक्त सजाय सुनाएको हो ।

तत्कालीन जिल्ला प्रहरी प्रमुख दिल्लीराज विष्टका छोरा किरणराज विष्टले उहाँविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय