काठमाडौं । पत्रकार मोहिनी मिश्रको ५६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरको उपचार गराइरहेकी मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
ललितपुर महानगरपालिका–१८ की मिश्र दुई वर्षदेखि पेटसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । राष्ट्रिय समाचार समिति (रासस) मा दुई दशकभन्दा बढी काम गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखामा वरिष्ठ उपाध्यक्ष समेत रहनुभएकी मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकाश लिनुभएको थियो ।



मिश्रका एक छोरा छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ ।



