काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोइलाडी गाउँपालिकाको विभिन्न निर्माणको ठेक्काको विज्ञापन प्रकाशनमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

गाउँपालिकको आर्थिक वर्ष २०७९-०८० मा विभिन्न चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो ।

बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ सार्वजनिक रुपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एकप्रति मात्रै प्रकाशित गरेको पाइएको आयोगको दाबी छ ।

आयोगले गाउँपालिकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सहलेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध ३ लाख १६ हजार ४ सय बराबरको बिगो माग दाबी गरेको छ ।

आयोगले प्रेस काउन्सिल नेपालले २०७९ चैत २३ गतेको पत्र अनुसार उक्त बोलपत्रको सूचना प्रकाशित नभएको पाइएको छ । खरिद आशयको सूचना सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नभएको देखिएको छ ।

पत्रिका व्यवस्थापन प्रणालीको पीडीएफ अभिलेखमा समेत कुनै सूचना प्रकाशित भएको नदेखिएको आयोगको ठहर छ । बोलपत्र आह्वानको सूचना सौर्य दैनिकमा एक–एक प्रति मात्रै प्रकाशन गरे गराएको, प्रेस काउन्सिलमा बुझाइएको विवरणमा समेत उल्लेख नभएको, पीडीएफमा समेत नभेटिएको आयोगको आरोप छ । पाँच जनाविरुद्ध कैद र बिगो असुल उपरको माग दाबीका साथ मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अहिले देशका हरेक स्थानीय निकायले ठेक्का वा कुनै विज्ञापन प्रकाशन गर्दा त्यहाँका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इञ्जिनियर शाखाका प्रमुख र सम्बन्धित शाखाका प्रमुखलाई एजेन्सी र मिडियाले विज्ञापन उपलब्ध गराएबापत कमिशन लिने समेत गरेका छन् । यदि उनीहरुलाई कमिशन नदिए वा नपाए अन्य एजेन्सीसँग सहकार्य समेत गर्ने  गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय