काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका पिता हर्कबहादुर राईको आज बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मन्त्री किराँतीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनु भएको छ । पिताको निधनपछि मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताउँदै उनले आफ्नो बाँकी जीवन देशवासीहरूको सेवामा लगाउने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय