पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो गएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । बिहान खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ । यसपटक पहिरोले इकुमा मात्र चारपटक सडक बन्द भैसकेको छ ।

उता अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड पनि अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका( १० दब्ल्याङमा गएराति पहिरो खसेको थियो । वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा पनि सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय