काठमाडौं । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पहिरोले घट्ट पुरिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार दिउँसो किरव १ः३० बजेको समयमा सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ६ काप्रीखोला स्थित घट्टमा बसिरहेका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो । मृत्यु हुनेमा सोही वडाका धामीगाउँ बस्ने वर्ष ४६ का मन्दिर साउद र ७६ वर्षीय लाल बहादुर साउद रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काप्रिखोलामा रहेको घट्टमा अन्न पिस्न घट्टमा बसिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले घट्टको आधा भागसहित उनीहरूलाई पुरेको थियो । प्रहरीले पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरी निकाले पनि उनीहरूको घटनास्थलमै मृत्यु भइसकेको जनाएको छ । घटनास्थल प्रहरी चौकी मेहलमुडीबाट १० किलोमिटर पश्चिम दूरीमा पर्दछ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक हिम बहादुर खत्रीको कमान्डमा पाँच जनाको विशेष प्रहरी टोली घटनास्थल तर्फ खटिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय