एजेन्सी । पाकिस्तानको स्वात उपत्यकास्थित एक प्रहरी चौकीबाहिर भएको आत्मघाती बम विस्फोटमा १४ जनाको मृत्यु भएको छ ।

विस्फोटमा २२ जना घाइते भएका हुन् । विस्फोट अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्त अन्तर्गत स्वात उपत्यकाको कबालसहरमा विरोध प्रदर्शनका लागि भेला भएका मानिसहरूको भीड नजिक भएको थियो । स्वात जिल्लाका प्रहरीका अनुसार प्रहरी टोलीले चौकीको प्रवेशद्वारमा आत्मघाती आक्रमणकारीलाई रोकेर खानतलासी गर्ने प्रयास गरेपछि उनले आफूलाई विस्फोट गराएका थिए ।

आक्रमणको जिम्मा भने हालसम्म कुनै पनि समूहले लिएको छैन । उक्त क्षेत्रमा बढ्दो हिंसाविरुद्ध सरकारले प्रभावकारी कारबाही गर्नुपर्ने मागसहित नजिकैको चोकमा सयौँ मानिस भेला भएका थिए । सभाको अन्तिम वक्ताले सम्बोधन गरिरहेका बेला विस्फोट भएपछि भागदौड मच्चिएको थियो ।

घटनापछि पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शेहबाज सरिफले कडा भत्र्सना गर्दै धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय