काठमाडौं । पायल्सको उपचारको क्रममा सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको मृत्यु भएको छ । आइतबार दिउँसो लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेको मोहन आयुर्वेदीक औषधालयमा पायल्सको उपचारको क्रममा किशोरीको मृत्यु भएको हो ।

लालबन्दी नगरपालिका–२, पुनरवास बस्ने अन्दाजी १८ वर्षकी हंशु पासवानको औषधालयका रामविनय साहले पायल्सको शल्यकिृया गरेका थिए । शल्यकिृया लगतै किशोरीको स्वास्थ्य अवस्था गम्भिर बनेको पीडित परिवारको भनाई छ ।

किशोरीको अवस्था बिग्रिएपछि चिकित्सकले उहाँलाई हरिवनस्थित नमुना अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको परिवारको भनाई छ । हरिवनस्थित सरस्वती अस्पताल पुर्याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेका थिए । वलपुरमा रहेको मोहन आयुर्वेद औषधालयका चिकित्सकले लापरवाही पूर्ण ढङ्गले गलत शल्यक्रिया गरिदिएका कारण किशोरीको मृत्यु भएको पीडित परिवारको आरोप छ ।

मृतक किशोरीको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याईएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । घटना लगतै जम्मा भएका मृतकका आफन्त तथा स्थानीयले टायर बालेर पूर्व–पश्चिम राजमार्गमा केहीबेर सवारी आवागमन अवरुद्ध बनाएका छन् । सुरक्षा निकायको पहलमा घटनाको निष्पक्ष छानविन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमति पछि यातायात सुचारु भएको छ ।

किशोरीको उपचारमा संलग्न चिकित्सक रामविनय साहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय