नेपाली काँग्रेसका बरिस्ठ नेता डा, शेखर कोईरालाले नेपाली काँग्रेसको पार्टीमा गुटउपगुटको जालो नहटाएसम्म पार्टी सुदृढ हुन नसक्ने बताएका छन। पार्टीमा झ्याङ्गिदै गएको गुटबन्दीले युवा पंतिलाई पार्टीमा देख्न समेत नसकिने हो कि भन्नेद डर आफुलाई लागेको बताए। डाक्टर कोईरालाले प्रत्येक जिल्ला प्रदेश र केन्द्रीय स्थरका नेतागणमा विभिन्न झुन्डका नाताबाद कृपाबाद र भाईबन्दीका कारण पार्टी दिनप्रतिदिन कमजोर बन्दै गएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीलाई थप मजवुत बनाउन पार्टीका सबै तह र तप्काकाका युवाहरुलाई एकताबद्द बनाएर लैजान जरुरी रहेको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशमा शान्ति सुरक्षा,अमनचयन, विकासका पुर्वाधार र युवा लक्षित रोजगारीको मुहान खोल्ने काम काँग्रेसबाट नै हुदै आएको दाबी गरे।



कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता पार्टीका केन्द्रीय सदस्य धुर्व वाग्ले ,नेका पार्टी सभापति जितप्रकाश आले ले पार्टी सुदृढीकरणकालागि गुटगत राजनीति समाप्त हुन जरुरी भएको बताए । कार्यक्रम प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ का सभापति श्यामकुमार मौरतीको सभापतित्वमा सम्पन्न भएको थियोे ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



