नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी नेतृत्व स्वेच्छाचारी भएको आरोप लगाएका छन् । बुधबार कपिलवस्तुको तौलिहवामा पार्टीको पहिलो जिल्ला सभालाई सम्वोधन गर्दै नेता कोइरालाले पार्टी नेतृत्व पार्टी हित विपरित स्वेच्छाचारी ढंगबाट अघि बढ्दै गएको आरोप लगाएका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई विधि सम्मत हिड्न र न्याय संगत पार्टी संचालन गर्न आग्रह समेत गरे ।
नेता कोइरालाले वर्तमान गठवन्धनको सरकारप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले सरकारकै अक्षमताका कारण महंगी, भष्ट्राचार, वेरोजगारी लगायतका समस्याहरु बढ्दै गएको आरोप समेत लगाए ।






