ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी भएको केही समयमै दमकल र सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार भवनको आठौं तलामा सञ्चालनमा रहेको दाउरा थकाली पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीका कारण अन्य केही भागमा पनि आंशिक क्षति पुगेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्टका कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय