काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआइजी छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी गरेको भन्दै जोशी प्रहरी हिरासतमा थिए । जोशी यसअघि कास्की जिल्ला अदालतमा परेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख धरौटी बुझाएर छुटेका थिए ।

सोही प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख बैंक ग्यारेन्टी धरौटी तिरेर रिहा भइसकेका छन् । उनीहरुविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भइरहेको र चितवनमा दर्ता प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय