पूर्वमन्त्री रामकुमार श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । आज विशेष अदालतको यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले श्रेष्ठलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो । अख्तियारले श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दावी गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।



श्रेष्ठ पूर्वसचिवसमेत हुन् । उनी खिलराज रेग्मी नेतृत्वको सरकारमा माओवादी कोटामा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बनेका थिए । २०२६ सालमा शिक्षकबाट सरकारी सेवा थालेका उनी २०३६ सालमा शाखा अधिकृत नियुक्त भएका थिए । उनले २०६४ सालमा सचिवबाट अवकाश पाएका हुन् ।



