पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिनको अवसरमा सबै नेपालीलाई सतर्क र सजग रहन आग्रह गरेका छन्। राजधानीको निर्मल निवासमा पत्रकारहरूसँगको कुराकानीमा उनले हालको वर्षायाममा सम्भावित प्राकृतिक प्रकोपहरूबाट बच्न सावधानी अपनाउनुपर्ने बताए।

शाहले बाढी, पहिरो, र पानीजन्य रोगहरूजस्ता समस्याहरू वर्षायाममा बढ्ने भएकाले सबैले सचेत र जिम्मेवार भएर बस्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार,यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो।

उनले राष्ट्रप्रतिको भावनात्मक प्रतिबद्धताको सन्देश पनि दिएका छन्। नेपालमा जन्मेर मात्र नेपाली हुँदैन, उनले भने, हामीभित्र नेपाल हुनुपर्छ, तब मात्रै हामी साँचो नेपाली हुन सक्छौं।
पूर्वराजाले जन्मदिनमा शुभकामना दिन आएका सबैलाई धन्यवाद दिँदै, आजकै दिन जन्मदिन मनाउँदै गरेका अरूलाई पनि शुभकामना दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय