काठमाडौं – पूर्वराष्ट्रपति विद्या भण्डारी तीन दिनदेखि थाइल्यान्डमा उपचाररत छिन्। सामान्य स्वास्थ्य परीक्षणका लागि फागुन ५ गते थाइल्यान्ड गएकी भण्डारीको उपचार नसकिएकाले उनी केही दिन थप उतै बस्ने भएकी छन्। ब्लड क्यान्सर जितेकी भण्डारीको कम्मरनजिक समस्या देखिएपछि थप परीक्षणका लागि थाइल्यान्ड गएकी हुन्। स्रोतका अनुसार, यसपटक उनले आँखा पनि जँचाउने योजना बनाएकी छिन्।

यसैबीच, उनी एमालेको सक्रिय राजनीतिमा फर्कन तयारी गरिरहेकी छन्। फागुन  अन्तिम सातादेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने उनको योजना रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय