काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणका लागि जाँदै हुनुहुन्छ । एक साता लामो भ्रमणको लागि पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा मन्त्री देखि नेकपा एमालेका नेतासम्म चीन जान लाग्नु भएको हो ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा नेपाली टोली शनिबार बेलुका बेइजिङ जान लागेको हो ।



भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी हुने छन् ।



