काठमाडौं । पार्टी राजनीतिमा सक्रिय हुनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्दै हुनुहुन्छ । एमालेको अवरोधका बाबजुद पनि पूर्वराष्ट्रपति भण्डारीले आज दिउँसो २ बजे काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटन गर्न लाग्नु भएको हो ।
उहाँको सचिवालयले मदन भण्डारीको हीरक जन्मजयन्ती मूल व्यवस्थापन समितिको भवनमा सम्पर्क कार्यालय रहने जनाएको छ ।



नेता कार्यकर्तालाई भण्डारी सहभागी कार्यक्रममा नजान उर्दी जारी गरेपनि भण्डारीको पक्षमा धेरै नेता कार्यकर्ता देखिएका छन् ।



