काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङदी नदीमा खसेको भारतीय बस निकाल्ने प्रयास भइरहेको छ ।

गत शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय यात्रुबहाक बस नदीमा खसेको थियो । उक्त बस निकाल्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्म सडक बन्द रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएपनि बस निकाल्ने प्रयास अझै भइरहेको छ ।

विहान ६ बजेदेखि पौने २ बजेसम्म यो समाचार तयार पार्दासम्म सडक संचालन हुन सकेको छैन । जसले गर्दा यातायात रोकिदा हजारौं यात्रु सडकमै अलपत्र परेका छन् । बस निकाल्न कठिनाई भएपछि अहिले थप क्रेन र उपकरण मगाएर बस निकाल्ने प्रयास भइरहेको छ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय पर्यटक सवार भारतीय बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको अझै खोजी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय