काठमाडौं । नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ ।
जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाउनु भएको हो । गौरिकाले यसअघि भारतको गुवाहटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा १ मिनेट ७.३१ सेकेन्ड समयको रेकर्ड बनाउनु भएको थियो । गौरिका १३ औं सागमा ४ स्वर्ण पदक विजेता धारी खेलाडी हुनुहुन्छ ।



नेपाली पौडीबाज नासिरले लगातार दोस्रो दिन पनि नयाँ कीर्तिमान बनाउनु भएको छ । नासिरले सोमबार २०० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५७.२६ सेकेन्ड समयका नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको हो । यस अघि नासिरले आइतबार ४०० मिटर फ्रिस्टायलमा पनि आप्नै नामको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाउनु भएको थियो ।



