काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय हलमा आज ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएकोे हो ।



बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको छ । गत शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको हो । त्यस्तै, राष्ट्रियसभाको बैठक आजै अपराह्न सवा १२ बजेदेखि सिंहदरबारमा बस्ने भएको छ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।
कार्यसूची अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको सचिवालयले जनाएको छ ।



