काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुहुनेछ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नुहुनेछ ।

‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गरेपछि बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय