काठमाडौं । उद्योग बाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले हेटौंडामा नवनिर्मित बृहत घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन तत्काल संचालनमा ल्याउन निर्देशन दिनुभएको छ ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय निरिक्षण गर्दै मन्त्री श्रेष्ठले जुन उद्देश्यले भवन निर्माण गरिएको हो सोही अनुरुप कार्यबिधि बनाई कार्यदल गठन गर्न आग्रह गर्नुभयो । उहाँले जनताको प्रत्यक्ष सरोकार राख्ने यस्ता केन्द्रहरु उद्घाटन हुने तर संचालनमा नआउँदा उधोगी ब्यबसायी मर्कामा परिरहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले प्रदेशभर निर्माण भएको कोसेली घर प्रदर्शनी केन्द्र पनि उद्घाटन भएको तर संचालनमा नआउँदा बजेटमात्र खर्च भएकोले अब छिट्टै संचालनमा ल्याइने बताउनु भयो ।



कार्यालय प्रमुख पुष्करचन्द्र घिमिरेले मन्त्री श्रेष्ठलाई गत आ.व. को कार्य प्रगति र चालु आ. व. को कार्य योजनाको विषयमा अबगत गराउनुभएको थियो ।



