सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्नसक्ने बताएका हुन् ।

उनले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शिर्ष नेताहरुसँगको परामर्शबाट हेरफेर गर्नसक्ने स्पष्ट पारे । काँग्रेस केन्द्रिय समितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रश्ताव पेस गरेका छन् । प्रश्तावमा रहेको पार्टीको सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा काँग्रेस कार्यक्रम, मन्त्रालयका कार्य सम्पादन भएका विषयहरुमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल गर्ने काम शुरु भएको पनि नेता विश्वकर्माले जानकारी दिए ।

आजको बैठकमा धारणा राख्ने सदस्यहरुले राष्ट्रिय सभा सदस्य चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस् भन्ने धारणा राखेको पनि नेता विश्वकर्माले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय