काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिनिस्तान जाँदै हुनुहुन्छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री तुर्कमिनिस्तान जानलाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा राति ११ बजेर ५५ मिनेटमा फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान जानु हुनेछ । साउन २० गतेदेखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा हुने सम्मेलनमा तुर्कमिनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली जान लाग्नुभएको हो ।



सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने छ । नेपाल हाल एलएलडिसीहरूको अध्यक्षसमेत रहेको छ ।



