जेन-जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी (पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको छ।



जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा, र काठमाडौंका पूर्वसीडीओ छवि रिजालको राहदानी (पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको हो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएअनुसार, आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक भएको भन्दै गृह मन्त्रालयसँग माग गर्ने निर्णय समेत गरेको छ।
जेन-जी आन्दोलन दमनका विषयमा सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन आयोगले अनुसन्धान जारी राखेको छ।



