प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरको पूजाअर्चना गर्नुभएको छ । चार दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री दाहालले आज उज्जैनस्थित महाकालेश्वरमा पूजाअर्चना गर्नुभएको हो ।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाँकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको थियो । सो अवधिमा मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था मिलाइएको थियो ।

महाराष्ट्र पुग्दा प्रधानमन्त्री दाहाललाई त्यहाँका मुख्यमन्त्री शिवराज सिंह चौहानले भव्य स्वागत गर्नुभयो । महाकालेश्वर मन्दिरमा दाहाललाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्नुभएको थियो । महाकालेश्वर मन्दिरलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ ।

यस्तै प्रधानमन्त्री दाहालले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको पनि भ्रमण गर्नुभएको छ । आजै मध्यप्रदेशका मुख्यमन्त्री चौहानले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री दाहाल सहभागी हुनुहुने छन् । प्रधानमन्त्री दाहालले शनिबार इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नुहुने छ । दाहाल भोलि दिउँसो १ बजे नयाँदिल्ली फर्किनु हुनेछ । दाहाल नयाँ दिल्लीबाट भोलि अपरान्ह ४ः२० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय