काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटनालाई सुनियोजित षडयन्त्र भएको आशंका व्यक्त गरेकी छन्। उनले पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै यस्तो घटना पहिलो पटक भएको र यसले देशका प्रमुख सरकारी कार्यालयहरूलाई कमजोर बनाएको बताइन्।



प्रधानमन्त्री कार्कीले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत र व्यापारिक कम्प्लेक्स जस्ता महत्त्वपूर्ण सरकारी कार्यालयहरूमा भएको आगजनीलाई लज्जास्पद घटना ठानेकी छन्। उनले यस घटनाको पूर्ण अनुसन्धान गरिने र दोषीहरूलाई कडा कारबाही गरिने दावी पनि गरिन्।उनले भने, मान्छेले ज्यान मार्न सक्ला, भवन भत्काउन सक्ला, तर यस किसिमले हाम्रो संस्थाहरूलाई कमजोर बनाउनु कुनै पनि देशको लागि स्वीकार्य होइन। प्रधानमन्त्रीले यस्तो किसिमको घटनाको पुनरावृत्ति नहोस् भन्न कडा कदम चाल्नुपर्नेमा जोड दिइन्।



