काठमाडौं । गत भदौ २४ गते जेनजीले गरेको आन्दोलनको क्रममा तोडफोड, आगजनी, लुटपाट तथा विभिन्न घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइरहेको छ ।
आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी तथा प्रहरी पोशाकको दुरुपयोग गर्ने व्यक्तिहरुलाई पनि प्रहरीले सामाजिक संजालको भिडियो, फोटोका माध्यमबाट नियन्त्रणमा लिई कारवाही गरेको छ । आन्दोलनको क्रममा प्रहरी पोशाक दुरुपयोग गर्ने सिन्धुली दुधौली नगरपालिका १२ का कीर्तिपुर नगरपालिका भत्केकोपाटी बस्दै आएका २३ वर्षीय रमेश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विकले आन्दोलनको क्रममा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को पोशाक लगाई आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएका थिए ।



प्रहरीले खोजतलास गर्ने क्रममा सोमबार सतुंगलबाट नियन्त्रणमा लिएको थियो । विकलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ ।



