काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ स्थित फ्रेण्डस सोसियल युनिटीले दोस्रो वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मेट्रो ब्लड बैंकको सहकार्यमा भएको कार्यक्रममा ६ जना महिला ३२ जना पुरुष गरी ३८ जनाले रक्तदान गरेका थिए ।

युनिटीका अध्यक्ष गोविन्द कार्कीले जीवनका लागि अति आवश्यक रगत अस्पतालहरुमा कमी नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । अध्यक्ष कार्कीले रगत अभावकै कारण असाहाय, गरिब, विपन्नले अनाहकमै जीवन गुमाउन नपरोस् भन्दै रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो । उहाँले अबको तीन महिनापछि पुनः रक्तदानको कार्यक्रम आयोजना गर्ने पनि बताउनु भयो । विहान १० बजे देखि सुरुभएको कार्यक्रम अपरान्ह ४ बजे सम्पन्न भएको थियो । युनिटीले यसअघि २०८० असोज २७ गते पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

फ्रेण्डस सोसियल युनिटीले यसअघि वडा नम्बर ७ का ४० जना ज्येष्ठ नागरिकलाई देवदर्शन भ्रमण गराईसकेको र फागुन महिनामा पुनः देवदर्शन भ्रमणको आयोजना गर्न लागेको जानकारी दिनुभयो । युनिटीले यसअघि विभिन्न सामाजिक कार्यक्रम पनि गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय