बाँकेको नेपालगंन्ज उपमहानगरपालिका वडा नं १८ ले बढ्दो साईबर अपराध नियन्त्रण गर्न बिद्यार्थी मार्फत अभियान थालेको छ । बाँकेमै पहिलोपटक स्थानीय तहले नेपालगन्ज क्षेत्रका दर्जन बढी माध्यामिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी र शिक्षकलाई साईबर अपराधका बिषयमा सचेतना कार्यक्रम गरेको हो ।साइबर अपराधका घटना न्यूनिकरणका लागि नेपालगंजमा अभियान थािलएको छ ।

दिन प्रतिदिन बिद्युतिय माध्यम र सामाजिक सञ्जालको सही प्रयोग गरेर फसाउने देखि अनजानमा समाजिक सञ्जालको प्रयोग गर्न नजानेर पनि साईबर अपराध हुने गरेको छ । यसको नियन्त्रण ब्यक्ति स्वयंले घरबाट शुरु गर्ने उद्देश्यले यो अभियान थालिएको १८ नम्बर वडाका जनप्रतिनिधिको भनाइ छ ।

नेपालगन्जमै पहिलोपटक साईबर अपराध न्युनिकरणको पहल थालिएको भन्दै आगामी दिनमा अरु स्थानीय तहसंग मिलेर अभियान सफल पारिने बताए । साईबर अपराधलाई रोक्न एक ब्यक्तिले घरपरिवार, बिद्यालयका साथी र नजिकका छरछिमेकलाई सचेत बनाउन यो सचेतनाबाट सिकेका कुरा सुनाएर साईबर अपराध न्यूनिकरणमा महत्वभूमिका खेल्न बिद्यार्थीलाई बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आग्रह गरे ।

सामाजिक सञ्जालबाट गलत कार्यमा नलाग्न प्रहरीले आग्रह गरेका छ । कसैले साईबर अपराध सम्बन्धि गलत कार्य गरेको पाइएमा निर्धक्क प्रहरी कार्यालयमा खबर गर्न प्रहरी अधिकारीको आग्रह छ ।पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता बढ्दै जानु र अन्जानबस साईबर अपराधमा फस्दै गएकाले सामाजिक सञ्जालको सही सदुपयोग गर्न जरुरी रहेको प्रविधिका जानकारहरुको सुझाव छ ।

साईबर अपराध नियन्त्रण सम्बन्धि आफूले सिकेका र जानेका कुरा साथी, घरपरिवार र बिद्यालयका साथीहरुलाई सिकाउन जरुरी रहेको सहभागीहरुको भनाइ थियो । कार्यक्रममा सहभागी बिद्यालयलाई साईबर अपराध न्यूनिकरण गर्ने अभियानमा लाग्ने प्रतिबद्धता सहितको प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय