बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । निकुञ्जको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१-८२ मा करिब दुई हजार जना पर्यटक बढी भित्रिएका छन् । आर्थिक वर्ष २०८१-८२ मा २८ हजार ६७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । भने अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा २६ हजार एक सय ३१ जना पर्यटक प्रवेश गरेका थिए ।

गत आर्थिक वर्षमा निकुञ्जमा नेपाली १९ हजार १०, सार्क मुलकका एक हजार पाँच सय ४० र विदेशी सात हजार पाँच सय १७ जना प्रवेश गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा नेपाली १८ हजार १०, सार्क मुलुक एक हजार चार सय ३७ र विदेशी ६ हजार ६ सय ४८ जना निकुञ्ज प्रवेश गरेका थिए । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै निकुञ्ज राजस्वमा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०८१-८२ मा पर्यटक प्रवेश शुल्क बाट मात्र तीन करोड २६ लाख रुपैँया राजस्व उठेको देखिन्छ । आर्थिक वर्ष २०८०-८१ दुई करोड ८४ लाख राजस्व पर्यापर्यटनबाट प्राप्त भएको छ । आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न १ सय, सार्क मुलुकका पर्यटकलाई ७ सय ५० र अन्य मुलुकका पर्यटकका लागि १ हजार ५ सय रुपैँया शुल्क लाग्ने लाग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय