दाङ । दाङको भालुवाङमा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैयामगरले प्रहरीको हिरासत कक्षमै आत्माहत्या गरेका छन् । गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कार आरोप लागेका सशस्त्र प्रहरी जवान पचभैया मगरले सोमबार बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका हुन् ।
प्यूठानको बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान पचभैया मगरले प्रहरी हिरासत कक्षको शौचालयमा आफूले लगाएको गन्जी र टिसर्टको पासो लगाएर झुण्डिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



डिएसपी ईश्वर थापाले आरोपित पचभैयासहित अर्काे एक जनालाई पनि केही दिनअघि प्रहरीले पक्राउ गरी दाङ–देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।



