काठमाडौं । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पश्चिमी, स्थानीय बायु तथा बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भाग बदली भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागको थोरै स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय