बाढी र डुवान जस्ता प्रकोपको समयमा जनधनको क्षति रोक्न रौतहटको बागमती नदी किनारामा प्रदेश स्तरीय जल उत्पन्न प्रकोप पूर्वाभ्यास गरिएको छ । चन्द्रपुर नगरपालिका एकस्थित नदी किनारमा डुब्दै गरेका दुई गाउँलेको उद्दार गरेर सशस्त्र प्रहरीले पूर्वाभ्यास गरेको हो । अभ्यासमा सहभागी मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले वर्षातको समयमा मधेसमा ठूलो क्षति पुग्ने गरेको भन्दै त्यसको न्यूनिकरणका लागि यो वर्ष बजेट अभाव हुन नदिने बताउनु भयो ।
मुख्यमन्त्री यादवले क्षति न्यूनीकरण गर्न हामीले दक्ष जनशक्तिको तयारी गर्नु पर्ने आवश्यकता समेत औल्याउनु भयो । कार्यक्रममा तिनै तहका सुरक्षाकर्मीले विपदका बेला उद्धारमा प्रयोग हुने सामग्रीको प्रदर्शन समेत गरेका थिए ।






