काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट आज विश्वासको मत लिंदै हुनुहुन्छ । अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लाग्नु भएको हो ।
साउन २० गते एमाले–कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका बानियाँले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसका ३७ र एमालेको २७ गरी ६४ सांसद छन् । बाँनियालाई ५६ सांसदको समर्थन आवश्यक पर्छ । नेकपा एमाले र नेपाली कांग्रेस दुबै दलले आफ्ना सांसदलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।



बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेपाल मजदूर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।



