काठमाडौं । नवनियुक्त बागमती प्रदेश सभाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा व्यवसायमैत्री नीति निर्माण, व्यापार प्रवद्र्धन, आपूर्ति प्रणालीको सुशासन र स्थानीय उद्यमशीलताको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।




उहाँले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री श्रेष्ठले बैठकमा आर्थिक वर्ष २०८२-०८३ को प्रदेश बजेटलाई छिटो कार्यान्वनको लागि समिति बनाउने निर्णय पनि गरेको छ ।
मन्त्री श्रेष्ठको पहिलो बैठकले उद्योग तथा व्यवसायलाई मैत्रीपूर्ण बनाउने निर्णय गरेसँगै प्रदेशको औद्योगिक तथा व्यापारिक वातावरणमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।



