काठमाडौं । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागितामा बागमती प्रदेशस्तरीय प्रथम मेला सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेशका विभिन्न स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरू एकै मञ्चमा सहभागी भई स्थानीय सरकारको भूमिका, अनुभव आदानप्रदान तथा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको देखिन्छ ।

कार्यक्रमको आयोजना मेलम्ची नगरपालिकाले गरेको थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले स्थानीय सरकारमार्फत नागरिकलाई प्रभावकारी सेवा प्रवाह, सुशासन प्रवद्र्धन, महिला नेतृत्वको सशक्तीकरण तथा स्थानीय तहबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विषयमा आफ्नो धारणा राखेका थिए ।

बागमती प्रदेशभरका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको साझा सहभागितामा आयोजित भेलामा स्थानीय सरकारबीच समन्वय, अनुभव आदानप्रदान तथा संस्थागत क्षमता अभिवृद्धिका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय